अनखबर
२४ मंसिर २०७६,
कालापानी लिपुलेक लिम्पियाधुरा लगायत देशका विभिन्न भू-भागहरुमा भारतीय हस्तक्षेप र सिमा अतिक्रमणको बिरुद्द क्रान्तिकारी देशभक्त कवि सर्जकहरुले सडक कविता आन्दोलनको सुरु छन्। मंगलबार काठमाडौको गोङगबु चोकमा सम्पन्न भएको कार्यक्रम मा विभिन्न कवि एब सर्जकहरुले सिमा अतिक्रमण र भारतीय हस्तक्षेपको बिरुद्द कविता वाचन गरेका थिए।
कार्यक्रममा क्रान्तिकारी युवा साहित्यकार रसुवाली कवि, बि पि बिद्रोही, कवि महेन्द्र थुलुङ राई ,कवि दिपेन सिम्खडा,अग्रज साहित्यकार रत्न प्रसाद अनाममणी,बिज्ञान शर्मा,नारायण ढकाल लगाएत दर्जनौ स्थानीय र सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।का कविता बाचन गर्दै कवि एवं सडक कविता आन्दोलनका अभियन्ता रसुवाली कविले राष्ट्रियता सङकटमा परेको बेला सबै कवि सर्जक एब साहित्यकारहरुलाइ सडकमा ओर्लिन आव्हान गर्नुभयो। त्यस्तै सर्जक एवं अभियन्ता बि पि बिद्रोहिले सडक कविता आन्दोललाइ निरन्तरता दिने बताउनुभयो।