अनखबर
२४ मंसिर २०७६,
अर्घाखाँची । जनसंगठन नेपालका केन्द्रीय सदस्य एवं अर्घाखाँची जिल्ला अध्यक्ष अनिल नेपाली सम्मानित हुनुभएको छ ।
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान तथा नागरिक समाजको भूमिकालाई सञ्चार जगतको माध्यमबाट प्रभावकारी भूमिका खेलेको भन्दै सन्धिखर्क नगरपालिकाले उहाँलाई सम्मान गरेको हो ।
सम्मानित भएपछि केन्द्रीय सदस्य नेपालीले सन्धिखर्क नगरपालिकाप्रति आभार व्यक्त गर्दै सुशासन, जवाफदेहिताकाे आन्दोलनमा एक्यबद्धता व्यक्त गर्नुभयो ।