अनखबर
काठमाडाैं, २४ मंसिर । एकै संस्करणमा ४ ओटा स्वर्ण जित्दै कीर्तिमान बनाउने पौडी खेलाडीको गौरिका सिंहले ५६ लाख पाउने भएकी छन् । १३ औँ दक्षिण दक्षिण एसियाली खेलकुद (साग)का
पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेसँगै गौरिकाले ५६ लाख पाउने भएकी हुन् ।
बुधबार दिउँसो बालुवाटारमा प्रधानमन्त्रीले केपी शर्मा ओलीले सागमा पदक जित्नेहरुलाई नगद दिने घोषणा गर्नुभयो । प्रधानमन्त्रीले गर्नुभएको घोषणा अनुसार दुई वा दुईभन्दा बढी स्वर्ण जित्नेले जनही ११ लाख, एउटा स्वर्ण जित्नेले ९ लाख, टिम इभेन्टमा स्वर्ण जित्नेले ५ लाख पाउनेछन् ।
त्यस्तै रजत जित्नेले ६ लाख र कास्य जित्नेले ३ लाख पाउनेछन् । व्यक्तिगत तर्फ कांस्य जित्नेलाई ३ लाख दिने घोषणा गरिए पनि टिम इभेन्टमा जित्नेलाई कति दिने खुलाइएको छैन ।

उक्त घोषणा गरिएअनुसार गौरीकाले स्वर्णबाट ४४ लाख र रजतबाट १२ लाख पाउने छन् । उनले १३ औँ सागमा गौरिकाले चार स्वर्ण जितेकी थिइन् । गाैरिकाले महिलातर्फको ४ सय मिटर फ्रिस्टाइलमा, १ सय मिटर फ्रिस्टाइलमा, २ सय मिटर फ्रिस्टाइलमा र २ सय मिटर व्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी छन् ।
गौरिकाले समूहमा तीन कास्य पदक जितेकी थिइन् । त्यसमा कति रकम प्राप्त गर्नेछिन् भन्ने एकिन भएकाे छैन । समूह कास्यमा पनि गाैरिकाले पाए ५६ लाख भन्दामाथि नै हुने छ ।
त्यसैगरी तेक्वान्दोकी आयशा शाक्यले दुईवटा स्वर्णपदक जितेकी छन् । उनले २२ लाख रुपैयाँ प्राप्त गर्नेछिन् भने करातेका मण्डेकाजी श्रेष्ठले पनि दुईवटा स्वर्ण जितेकाले २२ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

लामो समय बेलायत बसेर पौडी प्रशिक्षण लिदै आएकी गौरिकाले यस अघि भारतमा सम्पन्न १२ औं सागमा पनि बिभिन्न स्पर्धामा रजत पदक दिलाएकी थिइन ।