अनखबर
काठमाडौं, २७ मंसिर ।
पश्चिमी निम्न चापिए प्रणालीको प्रभावका कारण देशभरको मौसम बदली भएको छ ।
पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली तर मध्यथा पूर्वी भूभागमा सामान्य मौसम बदली रहेको छ। काठमाडौंको आकाशमा धुम्म तुवालो लागेको छ ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति देशभर सामान्य बदली रही पश्चिमी भेगका केहि स्थानहरु साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ ।
पश्चिमी उच्च पहाडी सहित हिमाली भूभागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।