अनखबर

रुपन्देही, २८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सैनामैना नगरको दोस्रो नगर सम्मेलन आज भव्यतापुर्वक सम्पन्न भएको छ। सम्मेलनले इन्दुलाई अध्यक्षमा निर्वाचित गरेको छ। ईन्दुको अध्यक्षतामा १९ सदस्यीय सैनामैना नगर समिति गठन गरिएको अखिल क्रान्तिकारी रुपन्देहीले जनाएको छ।

कार्यक्रममा प्रमूख अतिथिको रुपमा अखिल (क्रान्तिकारी) लुम्बिनी ब्यूरो संयोजक वीरेन्द्र विक,अतिथिहरू नेकपा सैनामैना नगर सेक्रेटरी प्रेमचन्द्र भुसाल,अखिल (क्रान्तिकारी) रुपन्देही अध्यक्ष रमेश गैरे लगायतको उपस्थिति रहेको थियो।