अनखवर

मंसिर २९/दाङ्ग

विर बहादुर वि.क. सहित ३ जना लगायत कुनै पनि ब्यक्तिलाई अाफ्नाे पार्टीले बोलाएको गिरफ्तार गरिएको कुरा पूर्ण त झुट भएको कुरा नेपाल कम्युनिस्ट पार्टी दाङले स्पष्ट पारेको छ ।
नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी रतनले एक प्रेस विज्ञप्ति जारी गरि यही २०७६ मंसिर २६ गते सेतोपाटी अनलाइनमा प्रकाशित “सुराकी आरोपमा विप्लवले पती बेपत्ता पारेको भन्दै पत्नीले दिईन प्रहरीमा निबेदन” भन्ने शीर्षकको समाचारप्रति अाफ्नाे पार्टीको गंभीर ध्यानाकर्षण भएको जनाउँदै विर बहादुर वि.क.सहित ३ जना लगायत कुनै पनि ब्यक्तिलाई अाफ्नाे पार्टीले गिरफ्तार गरिएको कुरा पूर्ण त झुट भएको स्पष्ट पार्नु भएको छ ।

विज्ञप्तिमा उहाँले भन्नुभएको छ -‘यस प्रकारको समाचार केहि समय अगाडी पनि सेतोपाटी अनलाइनमा प्रकाशित भएको थियो, यस प्रकारको तथ्यहीन समाचारहरू लेख्ने र प्रचार गर्ने संस्थाहरू पनि जिम्मेवार ढङ्गले प्रस्तुत हुन हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।’

विज्ञप्तिमा लेखिएको छ-‘२०७६ असोज २८ गते राजपुर गाँउपालिका मुङ्ग्रेटाबाट सामाजिक दलाल सरकारद्वारा हाम्रो पार्टीका द्वय केन्द्रीय सदस्य सहिद २१ जनालाई बैठक स्थलबाट गिरफ्तार गरि हालसम्म जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उक्त घटनासँग हाम्रो पार्टीले विर वहादुर वि.क.लाई घरबाट लगेर बेपत्ता पारेको भनि श्रीमती मिना विकले मानवअधिकारकर्मी, जिल्ला प्रहरी कार्यालय, पत्रकार महासंघ, बार एशोसियसन लगायतका संस्थाहरुमा दिएको निवेदनले हामीलाई आश्चर्यचकित तुल्याएको छ ।’

विज्ञप्तिमा भनिएको छ-‘विर बहादुर वि. क. सहित ३ जना लगायत कुनै पनि ब्यक्तिलाई हाम्रो पार्टीले बोलाएको गिरफ्तार गरिएको कुरा पूर्ण त झुट भएको कुरा स्पष्ट गर्न चाहन्छौं ।’
साथै निवेदक मिना वि.क.लाई पनि विभिन्न संघ संस्था र समाजमा द्वन्द्व मच्चाई आफ्नो निहित स्वार्थ पुरा गर्न चाहने विभिन्न तत्वहरुको उक्साहटमा नलाग्न विज्ञप्तिमा अनुरोध गरिएको छ ।