काठमाडौं – विप्लव नेतृत्वको ने.क.पा निकट अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला समिति काठमाडौको अध्यक्षमा तारा सञ्याल चयन हुनुभएको छ। काठमाडौंमा सम्पन्न २५औं जिल्ला सम्मेलनबाट सञ्ज्याल अध्यक्षमा चयन हुनुभएको हो। २५ सदस्यीय कमिटिको उपाध्यक्षमा खगेन्द्र,सचिवमा बुद्ध, सह सचिवमा गगन र कोषाध्यक्षको जिम्मेवारी बिक्रमलाई दिइएको छ ।
सरकारी प्रतिबन्धका बावजुद पनि २५ औं जिल्ला सम्मेलन काठमाडौंमा भव्यताका साथ सम्पन्न भएको क्रान्तिकारीले जनाएको छ। सरकारले माउ पार्टी नेकपालाई मात्रै प्रतिबन्ध लगाएको भए पनि निकटको विद्यार्थी संगठनका नेताहरुलाई समेत गिरफ्तार गर्दै आएको छ।
संगठनका लागी २५ औं जिल्ला सम्मेलन शैक्षिक दलालिकरण कलम र बिचारको प्रतिबन्ध विरुद्ध,हाम्रो सशक्त आन्दोलन, बैज्ञानिक समाजवादी शिक्षाप्रणाली र संगठन सुदृढीकरण” भन्ने मुल नाराका साथ सम्मेलन सम्पन्न भएको हो । काठमाडौको एक कलेजमा गत २७ गते सम्पन्न गरेको छ । क्रान्तिकारीका उपाध्यक्ष रुद्र भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको जनाएको छ ।
उद्घाटन र बन्दसत्र एकै दिन सम्पन्न गरेको क्रान्तिकारीको जिल्ला सम्मेलनमा नेकपा जिल्ला प्रतिनिधि,अखिल क्रान्तिकारीका कोषाध्यक्ष नरेन्द्र बिक, उपत्यका सयोजक हर्क बिक र केन्द्रिय सदस्य उषाकीरणको समेत उपस्थिति रहेको थियो ।