अनखबर
बुटवल मंसिर २९ /  प्रदेश ५ काे संसदीय बिषेश  समितिले  प्रदेशको नाम लुम्बिनी   सिफारिस गरेको छ । राजधानीका लागि ३   जिल्लाका ६ ठाउँ  प्रस्ताव गरेको छ ।

समितिले रुपन्देहीको बुटवल र सैनामैना, कपिलवस्तुकाे बाणगंगा र बुद्ध भूमी तथा दाङकाे भालुवाङ र लमहीलाई प्रस्ताव गरेको छ ।

प्रदेश ५ काे नाम र राजधानी ताेक्ने बिषयमा सहमति हुने अवस्था नदेखिएपछि प्रदेश सभाकाे बैठकले २०७५ साउनमा संसदिय बिशेष समिति गठन गरेकाे थियाे । पहिलो पटक ३ महिना कार्यादेश दिईएकाे उक्त समितिले पहिलो ३ महिना बैठक नै बस्न नसकि म्याद गुजारेकाे थियाे ।

समितिले पहिलाे कार्यादेश भित्र जिम्मेवारी पूरा गर्न नसकेपछि पुनः म्याद थप गरि जिम्मेवारी दिईएकाे थियाे ।
ताेकिएकाे जिम्मेवारी छाेडेर भारतकाे हरियाणा र  पन्जावकाे राजधानी भ्रमणमा गएकाे भन्दैै चाैैैैतर्फि आलोचना भएका बेला समितिले नाम र राजधानी सिफारिसको टुंगो लगाएकाे छ ।समितिले गरेकाे सिफारिसलाई प्रदेश सभाकाे बैठककाे दुई तिहाईले पारित गर्नुपर्ने प्रावधान छ ।

तेस्रोपटक थपिएको म्याद सकिनै लाग्दा   साेमवार आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ ।