अनखबर काठमाडौं, ३० मंसिर । भारतले सिमा अतिक्रमण गरेको बिरोधमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा. निकट जनवर्गीय संगठनले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
सोमबार काठमाडौंको ढल्कुमा जनवर्गीय संगठनहरुको संयुक्त मोर्चाले प्रदर्शन गर्ने तयारी गरिरहेका बेला प्रहरीले हस्तक्षेप गरि ८ जनालाई पक्राउ गरेको छ ।
कार्यक्रमबाट ८ जना गिरफ्तार भएको र तिमध्ये ६ जनालाई सोह्रखुट्टे प्रहरी वृत्त र २ जनालाई न्यूरोडस्थित जनसेवाको हिरासतमा राखिएको छ ।
भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेको विरोधमा प्रदर्शनको तयारी गरिएको थियो । विज्ञहरुले सार्वजनिक गरेको नयाँ नक्सासहित प्रदर्शन गर्ने कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रहरीको हस्तक्षेपछि कार्यकर्ता तितरवितर भएका थिए । अन्तिममा विद्यार्थीहरुले केही समय प्रदर्शन गर्दै कोणसभा गरेका थिए ।