अनखबर
उदयपुर, १ पुस ।
उदयपुरबाट नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका दुईजना नेता गिरफ्तार परेका छन्।
जिल्लाको कटारी नगरपालिका–६ रिस्कुबाट ने.क.पाका केन्द्रीय दिपेश राई र उदयपुर जिल्ला ईन्चार्ज सुरेन्द्र थापालाई पक्राउ गरेको जिल्ला प्रहरी उदयपुरले जनाएको छ।
गिरफ्तार गरेर दुवैजनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याइएको छ। माओवादी जनयुद्धका समयमा राई ब्रिगेड कमाण्डर थिए ।
सरकारद्वारा प्रतिबन्धित विप्लव नेकपाका नेता कार्यकर्तामाथि प्रहरीले निरन्तर धरपकड जारी राखेको छ।