अनखबर
उदयपुर, १ पुस । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राज्यले स्वेत आतंक मच्चाएको जनाएको छ।
केन्द्रीय सदस्य दिपेश राई र उदयपुर जिल्ला इन्चार्ज सुरेन्द्र थापालाई प्रहरीले मंगलबार उदयपुरको कटारीबाट गिरफ्तार गरेपछि सगरमाथा ब्यूरो इन्चार्ज अनुभव क्रान्तिले एक विज्ञप्ति निकाल्दै राज्यले आतंक नरोके देश हिंसातिर जाने चेतावनी दिनुभएको छ।
‘केपी ओली नेतृत्वको सरकारले जनताका घरघरमा पसेर आतंक मच्चाइरहेको छ। यही आतंकका क्रममा हाम्रा दुई नेताको गैरकानुनी गिरफ्तारी गरिएको छ’,विज्ञप्तिमा भनिएको छ, ‘पक्राउ परेका सबै बन्दीहरुलाई रिहा नगरे देश थप झडप र हिंसातिर जानेछ। यो अवस्थाको जिम्मेवार स्वयम् ओली नेतृत्वको सरकार हुनेछ।’
प्रहरीले उदयपुरको कटारी नगरपालिका–६ रिस्कुबाट नेकपाका केन्द्रीय सदस्य भोजपुरको बेया निवासी दिपेश राई र उदयपुर जिल्ला ईचाज सुरेन्द्र थापालाई मंगलबार गिरफ्तार गरेको थियो।
विज्ञप्ति