अनखबर

कैलाली, ३ पुस । नेपाल कम्युनिष्ट पार्टीको थारुवान  स्वायत्त प्रदेशले  कैलालीको बर्दगोरियामा कब्जा गरिएको  जग्गामा रहेको सटर १५ दिनभित्र खाली गर्न चेतावनी दिएको छ ।

बर्दगोरिया जनपरिषद् नेपाल कैलालीले चेतावनी सूचना जारी गर्दै जनयुद्धका क्रममा कब्जा गरिएको ग्रामीण विकास बैङ्कको जग्गा गत साउन १५ गते पुनः कब्जा गरिएको तर उक्त जग्गामा केही दलाल तथा भूमाफियाले भवन निर्माण गरी सटर भाडामा दिएर व्यापारी व्यवसायीबाट चर्को सटर भाडा लिइरहेको भन्दै खाली गर्न चेतावनी दिएको हो ।

परिषद्द्वारा जारी चेतावनी सूचनामा उक्त जग्गाको सटर १५ दिनभित्र खाली गर्न सम्बन्धित पक्षका लागि सूचना जारी गरिएको उल्लेख छ ।