शिव डुम्रे –

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार संगठन, नेपालले देशभर जनसञ्चार अभियान एवं मानवअधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिषयक अन्तरक्रिया,बहस तथा छलफल कार्यक्रम चलायो ।
राज्य पक्षबाट न्यूनतम मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अङकुश लगाउने प्रयास भईरहेको बेला जनपत्रकारहरु मेचीदेखि महाकालीसम्म विभिन्न जिल्लामा मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बहस एवं अन्तरक्रिया लिएर पुग्नु र मातृ पार्टी नेपाल कम्युनिस्ट पार्टीलाई राज्यले असंवैधानिक ढंगले प्रतिबन्ध लगाउने परिस्थितिमा संगठनले समयसापेक्ष अभियान लिएर देशका विभिन्न जिल्लामा पुग्नु अाफैमा महत्वपूर्ण विषय थियो ।

राज्य पक्षबाट विचार र आस्थाकै आधारमा विभिन्न राजनीतिक दलका नेता एवं कार्यकर्ता र नागरिकलाई जुन ढंगले दमन र धरपकड भईराखेको थियो यो अवस्थामा जनपत्रकारहरुले यसका विरुद्ध अभियान छेडनुपर्छ भन्ने बोधका साथ संगठनको दाङमा सम्पन्न संगठनको पहिलो बैठकको निर्णय अनुसार देशभर अन्तरक्रिया तथा बहस चलाउने निर्णय गरेका थियौं।

सरकार पक्षबाट विभिन्न मिडिया बिरोधि निति र ऐन बन्दै जानु र मातृ पार्टीप्रति विभिन्न ढंगका दमन र हस्तक्षेप बढाउदै लगेको अवस्थामा संगठनले एकै पटक देशका विभित्र जिल्लामा सविधानले नै प्रदत्त गरेको अधिकार प्रयोग गर्दै नागरिकले आफ्ना कुराहरु राख्न पाउने, भन्न पाउने, विना हातहतियार शान्तिपूर्ण तरिकाले भेला हुन पाउनु पर्छ, संगठन खोल्न पाउनु पर्छ भन्ने जस्ता मुद्दा तथा एजेन्डा लिएर जानुले एकपटक पुनः विचार तथा अभिव्यक्ति स्वतन्त्रता प्रति नयाँ बहसको थालनी गर्यौं ।

शान्तिपूर्ण तरिकाले आफ्ना कुरा जनतालाई भन्न पाउनु पर्छ भन्ने उदेश्यका साथ हामीले विभिन्न सरोकारवाला। निकायहरुसंग अन्तरक्रिया चलायौं । दाङको घोराहीबाट शुरु गरिएको अभियान देशका विभिन्न जिल्लामा पुगेर सरोकारवाला सबै पक्षसंग गम्भीर बहस एवम् छलफल गरेका थियौ ।

अभियानका शिलशिलामा बलत्कार पछि हत्या गरिएकि कञ्चनपुरकि निर्मला पन्तको घरमा पुगि परिवारको अवस्था बारे समेत हाम्रो संगठनले जानकारी लिएको थियोे भने निर्मला पन्तको आमालाई कञ्चनपुरको महेन्द्रनगरमा एउटा कार्यक्रम आयोजना गरि उहाँले नपाएको न्यायबारे कञ्चनपुरका राजनीतिक दल, मानवअधिकारकर्मी, पत्रकार एवम् सरोकारवाला सबै पक्षसंग महत्त्वपूर्ण छलफल साथै दबाब सिर्जना गर्ने काम हाम्रो संगठनको जनसञ्चार अभियान टिमले गरेको थियोे ।

देशमा दुई तिहाइको कम्युनिस्ट पार्टीको सरकार थियोे तर बिडम्बना कर्मचारी सडकमा, चिकित्सक सडकमा,पत्रकार सडकमा, अधिकारकर्मी सडकमा, ड्राइभर सडकमा, विधार्थीहरु सडकमा, विभिन्न पेशागत संघ संगठनहरु सडकमा थिए । अधिकार रक्षाका सवाल र सरकार पक्षबाट भएका गलत र पेशा वा स्वतन्त्रता बिरोधि कदमका बिरुद्ध सबै सडकमा नै थिए ।
यति मात्रै होइन हाम्रो मातृ पार्टीका विभिन्न स्तरका नेताहरु हिरासतमा हुनुहुन्थ्यो भने कतिपय नेताहरूलाई राज्यले पकाउ पुर्जी जारी गरेको थियोे ।

सरकारले अदालतकोनिर्णयलाई समेत अटेरी गरि पटकपटक पक्राउ गरि विभिन्न जिल्लामा घुमाउने क्रम जारी थिए भने नेकपा सम्बद्ध जनवर्गीय संगठनहरु पेशागत संगठनहरुका नेता एवम् कार्यकर्ता लाई विभिन्न बहानामा पक्राउ गर्ने र विभिन्न खालका मुद्दा लगाउने काम भईरहेको थियोे ।

हामीले दाङ, कञ्चनपुर, कैलाली, बाके, सुर्खेत, रुपन्देही, कास्की,चितवन,झापा,मोरङ,सिन्धुली,जनकपुर,ताप्लेजुङ, अर्घाखाँची,नवलपुर,नवलपरासी,कालिकोट,सल्यान,कैलाली,कञ्चनपुरलगायत विभिन्न पक्षसँग बहस छलफल र अन्तरक्रिया कार्यक्रमपछि काठमाडौंमा सबै पक्षलाई समेटेर बृहत अन्तरक्रियात्मक बहस सम्पन्न गर्यौं ।

काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग, नेपाल बार एशोसियसन, नेपाल पत्रकार महासंघ, विभिन्न कानुनी व्यवसायीहरु, ईन्सेक, मानवअधिकार तथा शान्ति समाज, राजनीतिक दल लगाएत पक्षसंग पछिल्लो समयमा सरकार पक्षबाट भए गरेका राजनीतिक एवम् पेशागत दमन र हस्तक्षेपबारे घनिभूत बहस एवम् छलफल गरेयौं।

काठमाडौंमा पश्चात् हामी पूर्वी नेपालका विभित्र जिल्लामा मानवअधिकार तथा प्रेस स्वतन्त्रताको बहस लिएर गयौं जनकपुर, सिन्धुली, ताप्लेजुङ, झापा, मोरङ लगायतका विभिन्न जिल्लामा कानुनले प्रत्याभूत गरेको अधिकार प्रयोग गरेर विभिन्न गतिविधि र कार्यक्रम गर्दा समेत राज्य पक्षबाट निरङ्कुस कदम चालिनु गलत भएको टिप्पणी धेरै सरोकारवाला पक्षबाट आउथ्यो ।

यसले हामीलाई देशभर गरेको अन्तरक्रिया र बहसमा सबै पक्षले उठाएका बिषय लाई टिपोट गरि हामीले राष्ट्रिय मानवअधिकार आयोग लगायत सरोकारवाला पक्षलाई नेपालको मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था कमजोर नै रहेको विभिन्न वक्ताहरुले गरेको टिप्पणीको आधारमा र देशभर घटेका घटनाहरुलाइ लिएर जानकारी समेत गरेका थियौं।

हाम्रो अभियान टिमले विभिन्न जिल्लामा मिडिया र मिडियाकर्मीले भोग्नु परेका विभिन्न पेशागत समस्याहरुका बारेमा समेत बुझ्दै सरोकारवाला पक्षसँग त्यो बारेमा छलफल गर्दै अभियान सञ्चालनको क्रममा मोफसलका मिडियाकर्मि र मिडियाहरुमा अन्गिन्ती समस्याहरु रहेको हाम्रो मुलभूत निष्कर्ष थियो । यसले धेरै पक्षलाई समेटेर एकपटक राष्ट्रिय रुपमा मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था र मिडियाले भोग्नु परेका अन्य समस्याहरुको बारेमा सरोकारवाला पक्षसँग साच्चिकै गम्भीर र महत्त्वपूर्ण बहस भएको छ ।

अभियान एवम् अन्तक्रिर्यामा कतिपय जिल्लामा पत्रकार महासंघले समेत आफ्ना कुराहरू राख्ने बलियो फोरम नपाएको अवस्थामा हाम्रो संगठनले आयोजना गरेको कार्यक्रममा आएर प्रेस जगतका बिषय राखेको हामीले अनभुत गरेका थियौं ।
हामीले अभियानका क्रममा औपचारिक र अनौपाचिरक रुपमा झण्डै ४० जिल्लामा बहस, छलफल अन्तक्रिर्या गरेयौं । झण्डै सयौं वक्ताका कुरा सुनिउँ र उहाँहरुका कुराहरुदाई टिपोट गर्दै छलफल समेत अगाडि बढाइउँ । कार्यक्रममा मानवअधिकारकर्मि, पत्रकार, मिडिया सञ्चालक, व्यवसायी, शिक्षक, प्रध्यापक, बुद्धिजीवी सबै पक्ष संग अत्यन्तै महत्त्वपूर्ण छलफल र बहश भएको छ ।

साथै राज्य पक्षबाट विभिन्न मिडिया बिरोधि कामहरु भईरहेको विभिन्न जिल्लामा बिषय उठ्ने गर्थे हामीले सरकारले चालेको मिडिया बिरोधि कदमको डटेर बिरोध गर्न सबैलाई अनुरोध समेत गर्दै अगाडि बढिउँ ।

अभियान संगसगै संगठनको बुटवलमा सम्पन्न दोस्रो बैठक पछि हामी जनपक्षीय पत्रकारीता बारे नयाँ बहस गर्ने उदेश्यका साथ दोस्रो अभियान ठोस गरिउँ कर्णालीको कालिकोट बाट दोस्रो चरणको कार्यक्रम सुरु गरिउँ । कर्णालीका कालिकोट, हुम्ला, जुम्ला, मुगु लगायतका कतिपय पत्रकार साथीहरूसंग झण्डै एकहप्ता कालिकोटको रास्कोटमा जनपक्षीय पत्रकारिताबारे घनिभुत बहस र छलफल भयो।

दैलेख, सुर्खेत, दाङ, सल्यान, रोल्पा हुदै धेरै जिल्लामा पुग्यो साथै सेती महाकालीका विभिन्न जिल्लामा महत्त्वपूर्ण तालिम एवम् अभियान सञ्चालन गरियो । यी र यस्ता अभियानले साच्चिकै सबै पक्षबाट बिषयबस्तु गम्भीरताका साथ उठान भएको छ भने एकपटक मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधि कदमका बिरुद्ध एउटा सचेत समुदाय एकजुट हुन तयार भएको छ । यसले हाम्रो संगठन र अभियान टिमलाई साच्चिकै उर्जा थपेको छ ।
यो प्रक्रियामा जनपत्रकार संगठनका धेरै साथीहरू राज्यको गिरफ्तारी र धरपकडमा पर्नुभएको छ । सुरुमा जनपत्रकार संगठन नेपालका कालिकोट जिल्ला संयोजक कर्ण विश्वकर्मा,त्यस लगत्तै काठमाडौ संयोजक जितेन्द्र महर्जन,संगठनका केन्द्रीय सदस्य अोम हमाल लगायत विभिन्न पत्रकार साथीहरूलाई राज्यले तारो बनाई राखेको अवस्था थियोे ।
हामीले विभिन्न ५ पत्रकार संगठन संग संयुक्त कार्यगत एकता गरेर मानवअधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बहस लिएर अान्दोलनको अभियानमा सुरु गरौं । यसमा जनपत्रकार संगठन नेपाल,क्रान्तिकारी पत्रकार महासंघ,मधेसी पत्रकार मञ्च,प्रेस सोसाइटी र प्रगतिशील पत्रकार संघ लगायत छौं ।
साथै हामीले मातृ पार्टीका नेता कार्यकर्ताको गैरकानुनी गिरफ्तारी,हिरासत,जेल बसाइँको अवस्था बारे मानवअधिकार अायोगसंग अावश्यक समन्वय गरेर न्यूनतम नागरिक अधिकार बारे मुद्दा लगातार उठाउने ढंगको भूमिका जोडदार रुपमा खेलेका थियौं ।


तसर्थ संगठनले देशभरका विभिन्न जिल्लामा पुगेर खेलेको भुमिका र चलाएको अभियान सार्थक रहेको संगठनको निष्कर्ष छ ।
पुनः एकपटक मानवअधिकारकर्मि,प्रेस जगत, कानुन व्यवसायी, बुद्धिजीवी, ब्यापारी व्यवसायी, सरोकारवाला सबैको ध्यानाकर्षण गराएको हामीले महसुस गरेका छौं ।