अनखबर कैलाली, ४ पुस । अखिल (क्रान्तिकारी) दाङले तुलसीपुरमा हिजो ट्याक्टरले ठक्कर दिदा ज्यान गुमाउने छात्रा विजिता केसीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दु:ख व्यक्त गरेको छ ।

अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष अनिल केसीले एक शाेक वक्तव्य जारी गरि शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै  दुर्घटनामा घाइते छात्रा मिना वलीको शिघ्र स्वास्थ्य लाभको कामनाका गर्नुभएको छ ।  मृतक विजिता केसीको परिवारलाई न्यायको निम्ति उचित क्षतिपूर्तिसहित दोषीलाई कडा भन्दा कडा कार्वाही गर्न र घाइते मिना वलीलाई उपचारमा कुनै कसुर बाँकी नराख्न  वक्तव्यमार्फत   सम्बन्धित पक्षलाई अनुरोध गरिएको छ ।

वक्तव्यमा लेखिएको छ,’चालकको लापरबाही र दादागिरीले वर्षेनी सयौं नागरिकले अनाहकमै ज्यान गुमाउदा पनि सम्बन्धीत निकाय रमिते बस्नु अर्थात सम्बन्धित निकायले दुर्घटना न्यूनीकरण गर्न कुनै उपाय नअपनाउनु साथै राज्यको फितलो नियमले गर्दा यस्ता दुर्घटनालाई चालकले सामान्य रुपमा लिनुले दैनिक रुपमा यस्ता दु:खद घटना घटिरहेको प्रष्टै छ । यस्ता अप्रिय घटनाहरुलाई रोक्न सम्बन्धित निकायलाई अनुरोध
गर्दछौं ।’