अनखबर
पौष ५/ बुटवल
प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) तिलोत्तमा नगरको प्रथम सम्मेलन मणिग्राममा आज भव्यतापुर्वक सम्पन्न भएको छ।सो सम्मेलनले गोपाल रोकालाई अध्यक्षमा निर्वाचित गरेको छ।उनको अध्यक्षतामा १५ सदस्यीय तिलोत्तमा नगर समिति निर्वाचित गरेको छ।
कार्यक्रममा प्रमूख अतिथिको रुपमा युवा संगठन नेपाल लुम्बिनी ब्युरो संयोजक बिश्लेण,अतिथिहरू अखिल (क्रान्तिकारी) रुपन्देही अध्यक्ष रमेश गैरे लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम संचालन प्रविन न्यौपाने र स्वागत आकाश गाहा मगरले गरेका थिए।