अनखबर ६ पुस, दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नियन्त्रणमा लिएको  छ ।  शनिबार राति अध्यक्ष शाहीलाई उहाँकै घरबाट ने.क.पा दैलेखले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।

अध्यक्ष शाहीलाई लिन जाँदा उहाँको श्रीमती सँगै हिँडेको तर पछि बाटोमा नै छोडिदिएको ने.क.पा दैलेख श्रोतले  जनाएको  छ । ने.क.पा. श्रोतले भन्यो, ‘हामीले शाहीको श्रीमतीलाई नियन्त्रणमा लिएको होईन उहाँ नै श्रीमानसँग जान्छु भनेर जबर्जस्ती हिड्नु भएको हो,उहाँलाई बाटोमा नै छोडी सकिएको छ ।’

जिल्ला प्रहरी कार्यालय दैलेखले  अध्यक्ष शाहीको खोजीका लागि  विशेष फोर्स परिचालन गरेको बताएको छ ।अध्यक्ष शाहीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको स्रोतको दाबी छ ।