अनखबर ६ पुस, काठमाडौं । प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठनका केन्द्रीय सचिव सञ्जीव लामा र  केन्द्रीय कोषाध्यक्ष  तिलक गुरुङसहित पाँचजनालाई काठमाडौंबाट गिरफ्तार गरेको छ।

काठमाडौंको मूलपानी र बूढानीलकण्ठ क्षेत्रबाट सोलुखुम्बु-ओखलढुंगा इन्चार्ज त्रिलोचन विक, ओखलढु‌ंगा सेकरेटरी दुर्गाबहादुर तामाङलाई पक्राउ गरेको प्रहरीको भनाई छ । त्यस्तै युवा संगठनका केन्द्रीय सदस्य वकिल घर्ती मगरलाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।
गिरफ्तारमा परेकालाई वैदेशिक रोजगार व्यवसायी संघका तत्कालीन अध्यक्ष रोहण गुरुङको काठमाडौं बसुन्धरास्थित घरमा शक्तिशाली सिलिन्डर बम विस्फोट गराएको अभियोगमा मुद्दा चलाउने तयारी गरेको श्राेतले जनाएको छ।