अनखबर ६ पुस, दैलेख । विप्लव नेतृत्वको ने.क.पा.ले दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई पार्टीले नियन्त्रणमा लिएको जानकारी गराएको छ ।

भेरी कर्णाली व्यूरो रवीले निकालेको विज्ञप्तिमा शाहीले गाँउपालिकामा भ्रष्टाचार गरेको र पार्टी विरुद्ध सुराकी गरेकाले सोधपुछका लागि नियन्त्रणमा लिएको उल्लेख छ । अध्यक्ष शाहीलाई सकुसल राखिएको पनि विज्ञप्तिमा उल्लेख छ । हेर्नुहोस् विज्ञप्ति