अनखबर
कपिलबस्तु ६ पुस
विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी ) कपिलवस्तु जिल्ला को २० औं जिल्ला सम्मेलन एक कार्यक्रमका बीचमा हिजो शनििबार सम्पन्न भएको छ सम्मेलन केन्द्रीय महासचिव तथा मध्यपश्चिम कमान्ड इन्चार्ज क . प्रकाश शाहिको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो सम्मेलनको उद्घाटन गदै नेता शाहीले शैक्षिक विकृति र विसगतीका विरुदमा लड्नुको विकल्प नरहेको बताउदै राज्यले शिक्षा क्षेत्रको आन्दोलन दवाउनको लागि विभिन्न कदम चालेको भएता पनि असफल भएको बताउदै राज्यको दमनकारी फासीबादी चरित्रको विरुदमा लड्नुको विकल्प नरहेको बताएका थिए सम्मेलनले बिज्ञान क्षेत्री नेतृत्वमा १७ सदस्यीय जिल्ला समिती चयन भएको छ । कार्यक्रममा ने क पा कपिलवस्तु का जिल्ला सेक्रेटरी क . सेरमान को बिशिस्ट आतिथ्यता, थारु मुक्ती मोर्चाका केन्द्रीय अध्यक्ष क .सुनिल संगठनका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी व्युरो संयोजक क . बिरेन्द्र र निवर्तमान अध्यक्ष रुपा बुढा मगर ले कार्यक्रम सफलताको शुभकामना मन्तब्य राखेका थिए नबनिर्वाचित अध्यक्ष विज्ञानले शिक्षा क्षेत्रको आन्दोलनलाई नयाँ उचाईमा पु¥याउनको लागि कुनै कदम बाँकी नराख्ने बताएका थिए ।