अनखबर
पौष ६/ दैलेख ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नियन्त्रणमा लिएको दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई नियन्त्रण मुक्त गरेको समाचार प्राप्त भएको छ ।
“सम्झाई बुझाई गरेर छोडिएको छ, उहाँले आफ्नो कमजोरी स्विकार्दै अब आईन्दा त्यसो नगर्ने बताउनुभएको छ, हामिले छानबिन गर्दैछौं, तर उहालाई सुरक्षित मुक्त गरेका छौं ।” नेकपाको एक विश्वस्त स्रोतले अनखबरलाई भन्यो ।
शनिबार राति अध्यक्ष शाहीलाई उहाँकै घरबाट ने.क.पा दैलेखले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । अध्यक्ष शाहीलाई पार्टीका बिरुद्ध सुराकी गरेको र गाउँपालिकाको बजेटमा व्यापक अनियमितता र भष्ट्रचार गरेको कारण गिरफ्तार गरिएको भन्दै नेकपाले विग्यप्ती निकालेर जिम्मा लिएको थियो ।