अनखबर ७ पुस, दाङ । दाङ जिल्ला अदालतले विप्लव नेकपाका केन्द्रीय सदस्य एवम् मध्यपश्चिम ईन्चार्ज चन्द्र बहादुर चन्द ‘वीरंजग’ सहितका २१ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलाशले उहाँहरुलाई १५/१५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । नेताहरु वीरजंग, केशबहादुर बाँठालगायत २१ जना दाङको राजपुर, मगराइनाबाट पक्राउ परेका थिए ।
अदालतले आदेश दिए पनि प्रहरीले फेरी पक्राउ गर्ने तयारी गरेपछि नेकपाका नेताहरु धरौटी नबुझाएर कारागार जाने भएका छन् ।