अनखबर ७ पुस, दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं मध्यपश्चिम कमाण्ड ईन्चार्ज चन्द्र बहादुर चन्द ‘वीरंजग’ सहितका २१ जना कारागार चलान भएका छन् ।

जिल्ला अदालत दाङले जनही १५/१५ हजार रुपैंया धरौटीमा रिहा गर्न आदेश दिएपनि प्रहरीले पुनः पक्राउ गर्ने तयारी गरेपछि उहाँहरु  धरौटी नबुझाएर कारागार चलान हुनुभएको हो ।

जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलाशले वीरजंगसहित २१ जनालाई नै १५/१५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । नेताहरु वीरजंग, केशबहादुर बाँठालगायत २१ जना दाङको राजपुर, मगराइनाबाट पक्राउ परेका थिए ।