अनखबर ८ पुस, काठमाडौं । समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संसोधन प्रस्तावलाई वेवास्था गरेको भन्दै समाजवादीले सरकार छोड्ने निर्णय गरेको हो ।

पछिल्लो समय राष्ट्रिय जनता पार्टीसँग नयाँ समिकरण बनेको जस्तो देखिएपछि समाजवादी सशंकित बनेको थियो । सत्तारुढ नेकपाले राजपासँग राष्ट्रियसभाका दुई सिटमा चुनावी तालमेल गर्ने निर्णय गरेको थियो ।
समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा वर्तमान सरकारमा सहभागि छ । अध्यक्ष यादव उपप्रधान एवं कानुन मन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई प्रधानमन्त्री ओलीले मन्त्रालय हेरफेर गरी कानुन मन्त्रालयको जिम्मा दिनुभएको थियो भने स्वास्थ्य राज्यमन्त्रीको पद खोसिएको थियो । समाजवादी पार्टी दुईमन्त्रालय सहित सरकारमा थियो । उपप्रधानमन्त्री यादवसहितका मन्त्रीले राजिनामा दिएका छन् ।