अनखबर ८ पुस, काठमाडौं । ने.क.पा निकट युवा संगठन, नेपालले विनाकारण आफ्ना केन्द्रीय सचिव र कोषाध्यक्षसहितलाई प्रहरीले गिरफ्तार गरेको भन्दै आपत्ति जनाएको छ ।
संगठनका उपाध्यक्ष दिनेशले विज्ञप्ति निकाल्दै पक्राउको विरोध गर्नु भएको हो । सरकारको दमनले संगठनलाई कुनै फरक नपार्ने बरु प्रतिरोध गर्ने क्षमता बढाउने विज्ञप्तिमा उल्लेख छ । गिरफ्तार गरिएका आफ्ना नेतालाई तत्काल रिहा गर्न उपाध्यक्ष दिनेशले माग गर्नुभएको छ ।
प्रहरीले काठमाडौँबाट केन्द्रीय सचिव सञ्जीव, केन्द्रीय कोषाध्यक्ष तिलक र केन्द्रीय सदस्य अनिललाई प्रहरीले गिरफ्तार गरेको संगठनले जनाएको छ ।