अनखबर / बुटवल ।
पौष ८
प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) देवदह नगरको प्रथम सम्मेलन देवदहमा आज सम्पन्न  भएको छ।सो सम्मेलनले पदम पराजुलीलाई अध्यक्षमा निर्वाचित गरेको छ।उनको अध्यक्षतामा २१ सदस्यीय देवदह नगर समिति निर्वाचित गरेको छ।
कार्यक्रममा प्रमूख अतिथिको रुपमा नेकपा देवदह ईञ्चार्ज शिशीर ,अतिथिहरू नेकपा रुपन्देही सचिवालय सदस्य जसवन्त, अखिल (क्रान्तिकारी) रुपन्देही अध्यक्ष रमेश गैरे लगायतको उपस्थिति रहेको थियो।