अनखबर
पौष ८, भैरहवा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलले जिल्ला अदालत रुपन्देहीका दुई कर्मचारीलाई दुई हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।
सेवाग्राहीसगँ मुद्दाको धरौटी रकम फिर्ता गराउनमा सहजीकरण गरिदिने भन्दै घुस लिदै गर्दा अदालतका नासद्वय विनोद शर्मा र बुद्धिप्रकाश न्यौपानेलाई रंगेहात पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुषालले जानकारी दिए।
उनका अनुसार सिद्धार्थनगर नगरपालिका ७ (भैरहवा) स्थिती एक खाजाघरमा घुस लिदैगर्दा उनीहरुलाई पक्राउ गरिएको हो। नासुद्धय शर्मा र न्यौपानेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।  अन्नु्नपूर्ण