अनखबर पौष ९, काठमाडौं । सर्वोच्च अदालतले एनसेल लाभकर विवादको विषय अब पुनरावलोकन नहुने आदेश गरेको छ ।

सर्वोच्चको पछिल्लोपटक भएको फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै पूर्व सचिव द्वारिकानाथ ढुंगेलसमेतले दर्ता गरेको पुनरावलोकन निवेदनमा सर्वोच्चले रजिष्ट्रारको आदेश सदर गरेको छ ।

रजिष्ट्रारले निवेदन दरपीठ गरेका थिए ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले एनसेल विवादसम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै यस्तो बाटो बन्द गरेको हो ।

एनसेल लाभकरसम्बन्धी दुईवटा फैसला सर्वोच्चबाट भैसकेका छन् ।

दरपीठको आदेशविरुद्ध दिइएको निवेदनमा रजिष्ट्रारकै आदेश सदर गरेको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।