अनखबर
९ पुस, बुटवल । बिहिवार अल्ट्राभायोलेट किरण आई आखालाई हानी पुर्याउने हुँदा धेरैजसो स्थानीय तहले सार्वजनिक विदा दिएका छन  । विहिबार विहान ८ देखी ११:४५ बजेसम्म सुर्यग्रहण लाग्दैछ ।
यता  बुटवल उपमहानगरपालिकाले बिहीबार नगरभित्रका विद्यालयमा विदा दिएको छ । बिहीबार विहान ८ देखि ११ः ४५ बजेसम्म सूर्यग्रहण लाग्ने भएकाले बिदा दिएको उपमहानगरपालिकाले जनाएको छ ।
वैज्ञानिक मान्यताअनुसार उक्त समयमा सूर्यबाट अल्ट्राभायोलेट किरण आउने भई आँखालाई हानी पुर्‍याउने हुँदा विद्यालयमा विदा दिएको उपमहानगरपालिकाका अधिकृत टीकाराम पन्थीले जानकारी दिए । बिहीबारको विदा स्थानीय विदाबाट कट्टी हुने गरी मिलाएको उपमहानगरपालिकाले जनाएको छ । यस्तै तिलोत्तमा नगरपालिका लगायत रुपन्देहीका धेरै स्थानीय तहले
पश्चिम् नवलपरासीको सरावलमा सार्वजनिक बिदा दिईएकाे गाउपालिकाले जनाएकाे छ ।
गाउपालिका अनुसार अतिरिक्त मातहतमा रहेका सरकारी कार्यलय,शैक्षिक सस्था,स्वास्थ्य सस्था तथा सम्पुर्ण कार्यलय हरु १दिने सार्वजनिक बिदा  दिने निर्णय   गरिएकाे गाउपालिकाले बिज्ञप्ती मार्फत जनाएकाे हाे । खण्डग्रास सुर्यग्रहण लाग्दा बालक, सुत्केरी, महिला, अशक्तहरुलाई खाना नखान देखि आखाले नहेर्न वैज्ञानिकहरुले सुझाएका छन ।