गाउँपालिका अधिकृतलाई विप्लव नेकपाले कालोमोसो दल्यो

अनखबर ९ पुस, बझाङ । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी  बझाङले जिल्लाका एक अधिकृतलाई कालोमोसो दलेको छ ।

बझाङ जिल्लाको साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीलाई भ्रष्टाचार गरेको आरोपमा आज बिहानै कालोमोसो दलेको हो जनाएको छ ।

जोशीले सहुलियतमा आएको चामल यार्सा गुम्बा टिप्नेलाई बेचेको लगायतका  आरोप नेकपाले  लगाएको छ ।
जोशीले सोही गाउँपालिकाको लागि आएको २ हजार क्विन्टल चामलमध्ये १५ सय क्विन्टल चामल लेकमा यार्सागुम्बा टिप्न गएकाहरुलाई राईढुङगी वनमा लगेर बेचेको र उक्त चामलबाट आएको रुपैयाँ हिसाब नदेखाएको आरोप नेकपाले जनाएको छ ।

त्यस्तै कार्यालय व्यवस्थापनको नाममा जोशीले बिल मिलाएर लाखौं भ्रष्टाचार गरेको नेकपाले दाबी आरोप लगाएको छ । नेकपाको सत्ता संगठन जनपरिषद् बझाङका प्रमुख संग्राम सिंहले जोशीलाई पटकपटक सुझाव दिँदापनि नसुर्धेकोले चेतावनी स्वरुप कालोमोसो दलेको बताएका छन  ।

प्रतिक्रिया दिनुहोस