अनखबर ९ पुस, काठमाडौं । विप्लव निकट दलित मुक्ति मोर्चा नेपालले आफ्नो केन्द्रीय सचिवालय सदस्य तथा सगरमाथा क्षेत्रीय व्यूरो संयोजक त्रिलोचन विश्वकर्मा र केन्द्रीय सदस्य तथा सेतीमहाकाली क्षेत्रीय संयोजक टेकबहादुर विक लगायतका नेताहरुलाई प्रहरीले पक्राउ गरेको प्रति आपत्ति जनाएको छ।
अध्यक्ष डम्मर बहादुर विकले विज्ञप्ति निकाल्दै मोर्चाका नेता पक्राउको कडा विरोध जनाउनुभएको छ । विकले निकालेको विज्ञप्तीमा भनिएको छ,’हाम्रो पार्टी,जवस मोर्चाका नेता कार्यकर्तालाई गिरफ्तार गर्ने, हत्या गर्ने, गोली हान्ने र राजनीतिक अास्थाका अाधारमा मुद्धा लगाएर जेल चलान गर्नुले यो सरकार देशमा वास्तविक शान्ति, समृद्धि र विकासको पक्षमा नरहेर जबरजस्ती युद्धमा धकेली जनतामाथि थप शोषण गर्नु,दमन थोपर्नुका साथै देशमा विदेशी शक्तिको चलखेल बढावा दिनखो स्पष्टै छ ।’