अनखबर
पुस ९, नवलपुर
विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी ) नवलपरासी (बर्दघाट-सुस्ता पुर्व) जिल्ला को १७ औं जिल्ला सम्मेलन बुधबार कार्यक्रमका बीचमा  सम्पन्न भएको छ । सम्मेलनमा प्रमुख अतिथि संगठनका केन्द्रीय महासचिव तथा मध्यपश्चिम कमान्ड इन्चार्ज  प्रकाश शाहिले शैक्षिक क्षेत्रमा ब्यापारिकरण र निजिकरणको अन्त्यको लागि विद्यार्थीहरु एकजुट हुनुपर्ने बताए  ।

उनले  विकृति र विसगतीका विरुदमा लड्नुको विकल्प नरहेको बताउदै राज्यले शिक्षा क्षेत्रको आन्दोलन दवाउनको लागि विभिन्न कदम चालेको भएता पनि असफल भएको बताउदै राज्यको दमनकारी फासीबादी चरित्रको विरुदमा लड्नुको विकल्प नरहेको बताएका थिए । यस्तै कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा बोल्दै नेकपा नवलपुरका ईन्चार्ज धुर्वले विद्यार्थीका समस्यालाई एकीकृत जनक्रान्तिमा जोड्नुपर्ने  र शैक्षिक दलालहरुलाई कारबाहीको दायरामा ल्याउने बताए । सम्मेलनले रुपा बुढा मगरको  नेतृत्वमा १५ सदस्यीय जिल्ला समिती चयन भएको छ ।

कार्यक्रममा ने क पा नवलपुरका जिल्ला सेक्रेटरी शितल, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा लुम्बिनी व्युरो संयोजक  बिरेन्द्र, युवा संगठनका संयोजक अविनाश लगायतले शुभकामना मन्तव्य राखेका थिए ।