अनखबर संवाददाता
पाल्पा– जिल्लाको रिव्दिकोट गाउँपालिकामा ४ दिने विपत प्रतिकार्य तालिम सुरु भएको छ । पाल्पाको रिव्दिकोट गाउँपालिकाको आयोजना र गोरखदल गण नागपोखरी व्यारेक पाल्पाको संयोजनमा अाज देखि तालिम सुरु भएको हो ।

तालिममा विपद्का प्रकार, विपदको व्यवस्थापन, यसको रोकथाम, प्रतिकार्य लगायतका विषयमा सेनाको टोलीले प्रशिक्षण दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋृषि अर्यालले अनखबरलाई बताउनु भयो । तालिममा प्रत्येक वडाबाट ३/३ जनाका दरले ८ वडाका २४ जनाको सहभागिता रहने छ ।


तालिम उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले विपत भन्ने कुरा जतिबेला पनि आउन सक्ने भएकाले स्थानीय स्तरमै विपत्को समाधान र उद्दारका लागि तालिम प्रभावकारी हुने जिकिर गर्नुभयो ।
गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी ज्ञवालीको स्वागत संगै सुरु भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ऋषि अर्याल, गोरखदल गणका प्रमुख सुरज थापा लगायतले तालिमको विषयमा आफ्नो धारणा राख्नु भएको थियो ।