अनखबर पौष ११, बैतडी । नेपाल कम्युनिष्ट पार्टी बैतडीले नियम विपरित जिल्लामा डोजर प्रयोग गर्न रोक लगाएको छ ।
नियम विपरित एक करोड भन्दा मुनिका आयोजनामा डोजर लगाएर स्थानीय तहले भ्रष्टाचार गरेको भन्दै नेकपाले डोजर प्रयाेगमा रोक लगाएको हो ।
विज्ञप्तिमा भनिएको छ,’स्थानीय जनतालाई भरमा पारेर जनताको जनजीविकालाई प्रत्यक्ष असर गर्नेगरी डोजर आतंक र लुटपाटप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।आफैंले बनाएको नियम कानुन विपरित एक करोड रुपियाँभन्दा तल डोजर लगाएर आएको बजेटको दुरुपयोग गरी जनताको अधिकारलाई आफ्नो मुठीमा राखी एकाधिकार लाद्न खोजिको छ ।’
नेकपा बैतडीले नियम बिपरित लङ चट्टानबाहेक अन्य ठाउँमा डोजर नलगाउन आग्रह समेत स्थानीय तहलाई गरेको छ । विज्ञप्तिमा भनिएको छ,’ जनताको अधिकारलाई मुट्ठीभर राख्न डोजर आतंक मच्याउने र अपराधिक कार्य तत्काल नरोके दोषीमाथि कडा कारबाई गरिने व्यहोरा जानकारी गरिन्छ ।’