अनखबर ११ पुस, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसी सम्झौताको विरोधमा पुस १४ गतेदेखि पुस २० गतेसम्म देशव्यापी चरणबद्ध संघर्ष घोषणा गरेको छ ।

संयुक्त राज्य अमेरिकाद्वारा नेतृत्व गरिएको हिन्द–प्रशान्त रणनीतिको अङ्गका रूपमा रहेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ र नेपाल सरकारबीच भएको भनिएको सम्झौताले नेपाललाई फसाउने षड्यन्त्र गरिरहेकाे भन्दै नेकपा ले आन्दोलन का कार्यक्रम घोषणा गरेको हो  ।

नेकपाले एमसीसीको विरोधमा पुस १४ गते अन्तरक्रिया, पुस १६ गते जुलुस प्रदर्शन, पुस १८ गते विरोध सभा र पुस २० गते अमेरिकी दुतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको  जनाएको  छ  ।

नेकपाको संघर्षका कार्यक्रमहरु :
२०७६ पुस १४ गते देशव्यापी अन्तक्रिया कार्यक्रम
२०७६ पुस १६ गते देशव्यापी जुलुस प्रदर्शन
२०७६ पुस १८ गते देशव्यापी विरोध सभा
२०७६ पुस २० गते अमेरिकी दुतावासमा ज्ञापनपत्र दिने