अनखबर
बुटवल, ११ पौष ।
बुटवलमा शुक्रबार राती शृङ्खलाबद्द बम विस्फोट भएको छ । बहुराष्ट्रिय कम्पनी एनसेलले मेला आयोजना गरेको सिद्देश्वरी स्कुलको प्राङ्गणमा राती ९ बजे र १०:३० बजे लगातार बम विस्फोट भएको स्थानीयले जनाएका छन ।
विप्लव नेतृत्वको नेकपाले एनसेललाई कुनै मेला महोत्सव नगर्न चेतावनी दिएको भोलिपल्ट एनसेलले बुटवलमा आयोजना गर्न थालेको कन्सर्टको स्थल नजिकै बिस्फोटको आवाज आएको हो ।
पौष १२ गते बुटवलको सिद्देश्वर स्कुलको प्राङ्गनमा एनसेलको कन्सर्ट गर्ने तयारी चलिरहेको अघिल्लो राती ९ बजे र १०:३० बजे बिस्फोटको आवाज आएको हो । बुटवलको सुख्खानगर स्थित सिद्देश्वर माबिको नजिकै बिस्फोटको आवाज आए लगत्तै स्थानीयबासी त्रसित बनेका थिए । आवाज आए लगत्तै प्रहरी बिद्यालय परिषरमा पुगेपनि बिस्फोट भएको बिषय प्रहरीले भने विस्फोट भएको भन्न खोजेन ।
बिहिबार विप्लव नेतृत्वको नेकपाका रुपन्देही सेक्रेटरी बिजयले एक बिज्ञप्ती प्रकाशित गर्दै एनसेललाई कुनै मेला महोत्सव नगर्न चेतावनी दिएका थिए । उनले निकालेको बिज्ञप्तीमा राज्यलाई तिर्नुपर्ने कर नतिरी मेला गरेमा कारवाहि गरिने र त्यसको जिम्मा एनसेल आफैले लिनु पर्ने उल्लेख गरेका थिए ।
बम विस्फोट भएपछि एनसेलको निर्धारित कार्यक्रम हुने नहुने बारे अन्योलता सिर्जना भएको छ । (फाईल फोटो)