अनखबर मोरङ, ११ पौष । नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य उमा भुजेल सहित ९ जनालाई प्रहरीले गिरफ्तार गरेको  छ ।

मेची-कोसी ब्युरो ईन्चार्जसमेत रहेकी उमा भूजेल र मोरङ इन्चार्ज नरेश चौलागाइँ,ब्यूराे कार्यालय सचिव सुमन सिंहसहित ९ जनालाई प्रहरीले गिरफ्तार गरेको हो । उनीहरुलाई सुनसरीको चकरघट्टीबाट शनिबार बिहान र  मोरङको सोमबारेबाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

क्षितिज पौडेल,नवराज नेपाल, दिपक आचार्य, जगत बहादुर पुलामी र गोविन्द कार्कीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरु सबैलाई जिला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको  छ।