अनखबर काठमाडौं, १२ पौष । विप्लव नेकपा निकट जनवर्गीय संगठनको संयुक्त मोर्चाले काठमाडौंमा गर्न खोजेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे  छ ।

काठमाडौको वाल्मिकी क्याम्पसबाट निकाल्न खोजिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर नेकपाका  पूर्व केन्द्रीय सदस्य मकर गुरुङ सहित २० जनाभन्दा बढीलाई पक्राउ गरेकाे छ ।


नेकपा निकट जनवर्गीय संगठनको संयुक्त मोर्चाले अमेरिकाले नेपाल लागु गर्न खोजेको एएमसीसी  परियोजना र सिमा अतिक्रमणको बिरोधमा प्रदर्शन गर्ने तयारी गरिएका बेला प्रहरीले हस्तक्षेप गरेको हो ।

पक्राउ गरिएकालाई पुलिस क्लब भृकुटी मण्डपमा राखिएको छ ।