अनखबर काठमाडौं, १३ पौष । भारतले अतिक्रमण गरेको नेपाली भूभाग फिर्ता गर्नु पर्ने माग राख्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलललाई ज्ञापनपत्र दिने तयारी गरेका क्रान्तिकारी (माओवादी)का नेता नेतालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
निषेधित क्षेत्र तोड्न खोजपछि १२ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा नेता सिपी गजुरेल, परी थापा, पवनमान श्रेष्ठ, सूर्य श्रेष्ठ, बसन्त बोगटी, विद्यार्थी नेता हरिकृष्ण गजुरेललगायत छन् ।
महानगरीय प्रहरी परीसर काठमाडौंका प्रवक्ता डिएपी होविन्द्र बोगटीले निषेधित क्षेत्र तोड्न खोजेपछि १२ जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो।