राजकुमार योगी
कालिकोट, १३ पौष । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कालिकोटले अाफ्ना राजनीतिक कार्यक्रमलाई तिब्र पारेको छ । कार्यक्रमका लागि दुईवटा क्षेत्रमा सामना परिवारका कलाकार र भेरी कर्णालीको कलाकार सहित युवा विद्यार्थी जिल्ला सदस्य र जनवर्गीय संगठनका अध्यक्षहरुको कार्यविभाजन गरि परिचालिन गरिएको छ । कार्यक्रमलाई एक क्षेत्रको जिल्ला ईन्चार्ज विराट र अर्को क्षेत्रको जिल्ला सेक्रेेटरी रणदिपले नेतृत्व गर्नु भएको छ । दुई महिनासम्म चल्ने अभियानमा राजनीतिक सभाहरु भैरहेका छन्। पूर्वी कालिकोटको भर्ता, कालिका,गेला, अोदानकु चिलखाया, छाप्रे,फोईमा कार्यक्रम समपन्न भइसकेको नेकपा कालिकोटले जनाएको छ ।
पश्चिम कालिकोटमा लालु, माल्कोट, कुमालगाँउ, कोटवाडा रुप्सा,मुम्रा, सिप्खानामा कार्यक्रम सम्पन्न भएको नेकपा कालिकोटको भनाई छ । सरकारले दमनलाई निरन्तरता दिने भएकाले केन्द्रिकरणको महत्व बढेको भन्दै कार्यक्रम पनि केन्द्रीकरणका लागि भएको जिल्ला सेक्रेटरी रणदीपले जानकारी दिनुभयो ।
अाफ्नो लडाई सेना प्रहरीसँग नभए पनि अाफ्नो पार्टी सक्रिय रक्षा सहित अगाडि बढेको जिल्ला सेक्रेटरी रणदिपको भनाई छ ।