अनखबर रूपन्देही, १४ पौष । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लुम्बिनी ब्युरो अन्तर्गतका जिल्लाहरुमा तीन महिने संगठन सुदृढिकरण तथा विस्तार अभियान शुरु गरेको  छ ।

ब्युरो अन्तर्गतका जिल्लाहरुमा संगठन निर्माण तथा पुनर्गठन गरिने र लुम्बिनी ब्युरोले जनाएको छ ।  पाल्पामा शनिबार औपचारिक रुपले अभियानको उद्घाटन गरिएको नेकपाका पाल्पा जिल्ला ईन्चार्ज पूर्णबहादुर सिहंले जानकारी दिनुभयो ।

अभियानको अवधिमा पार्टीका तल्लो तहका संरचनाहरु गठन गर्ने र ति संगठनलाई बिचारधारात्मक रुपले कामकाजी संगठन बनाउने सिंहको भनाई छ । अभियानको अवधिमा विभिन्न जनवर्गीय संगठनका भेला सम्मेलन, गर्नुका साथै एमसिसी र भारतीय अतिक्रमण विरुद्धका कार्यक्रमहरु गरिने ब्यूरोको भनाई छ ।  अभियान पुष, माघ र फागुन  ३ महिनासम्म संचालन हुने छ ।