अनखबर

दाङ, १४ पौष । अमेरिकी परियोजना एमसिसिको विरुद्धमा दाङकाे २ ठाउँमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी दाङ ७ नम्बर एरिया र ६ नम्बर एरियाकाे अायाेजनामा बिजाैरी र नारायणपुर गरिएको अन्तरक्रियामा बाेल्ने वक्ताहरूले एमसिसि राष्ट्रघाती लगानी भन्दै दिनदिनै विदेशी शक्तिले नेपाल ‘ट्रान्जिट पाेइन्ट’ मात्र बनाउन खाेजेकाे भन्दै सबै नेपाली सजक हुने बेला अाएकाे बताएका छन् ।

अमेरिकाले घुमाउरो अर्थमा नेपाललाई अाफ्नाे सैनिक र व्यापारिक अखडा बनाइरहेको भन्दै वक्ताहरूले राष्ट्रियताकाे विषयमा तेरो र मेरो, यो पार्टी ऊ पार्टी नभनिकन सबै एकजुट भएर संघर्ष गर्नुपर्ने बताए ।
बिजाैरीमा भएको कार्यक्रममा विभिन्न बुद्धिजीवी, शिक्षक, नेपाल कम्युनिस्ट पार्टी ७ नम्बर एरिया इन्चार्ज पाेषण लगायतले बाेल्नु भएको थियो । कार्यक्रमको सञ्चालन एरिया सेक्रेटरी मदनले गर्नुभएको थियो ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी दाङ ६ नम्बर एरियाकाे अायाेजनामा भएको कार्यक्रममा बाेल्ने वक्ताहरूले राष्ट्रियता गम्भीर खतरामा परेकाे भन्दै अब सबै नेपाली उठेर राष्ट्रियताकाे विषयमा केही कदम चाल्नुपर्नै बेला अाएकाे बताए । पुरानो सत्ताले सधैं धाेका दिएको भन्दै अबको वास्तविक राष्ट्रिय स्वाधीनताकाे अगुवाइ गर्ने, नयाँ व्यवस्था ल्याउन चाहनेले धाेका नदेअाेस् भन्ने खबरदारी वक्ताहरुको भनाई छ। एरिया इन्चार्ज अाकाश र विभिन्न शिक्षक बुद्धिजीवीहरुले अा- अाफ्नाे धारणा राख्नुभएको थियो । कार्यक्रमकाे सञ्चालन सेक्रेटरी रघुविरले गर्नुभएको थियो ।