अनखबर

दाङ, १६ पौष । दाङमा धरौटी तिरेर रिहा हुनखोज्दा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ४ नेतालाई प्रहरीले पुन: गिरफ्तार गरेको छ ।

दाङ-देउखुरी जिल्ला अदालतले पक्राउ परेका ने.क.पा.का मध्यपश्चिम कमाण्ड ईन्चार्ज सहित २१ जनालाई १५-१५ धरौटीमा रिहा गर्न अादेश दिएको थियो । तर सबैले धरौटी नतिरेर पुस ७ गते कारागार गएका थिए ।

आदेश अनुसार ४ जनाले धरौटी तिरेर बुधबार रिहा हुनखोज्दा प्रहरीले फेरी गिरफ्तार गरेको हो ।
फेरि पक्राउ पर्नेमा तिलक पुन , महान बोहरा, एकराज चौधरी र कुलबहादुर वली छन् ।


४ जना नेतालाई नै अदालतमा धरौटी तिरी हस्ताक्षरसम्म गर्न नदिई अदालतभित्रबाट प्रकाउपुर्जी जारी नगरेरै प्रहरीले गिरफ्तार गरेको हो ।