अनखबर

काठमाडौं, १६ पौष । विप्लव ने.क.पा. निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी कैलाली जिल्ला अध्यक्ष मिना साउद रिहा हुनुभएको छ ।

नाै महिना लामो जेल र हिरासत बसाइँपछि सर्वाेच्च अदालतकाे अादेशमा मंगलबार उहाँ रिहाइ हुनुभएको हो ।
न्यायाधीश हरिकृष्ण कार्की र टंकबहादुर मोक्तानको ईजलासले साउदलाई बिना कारण राजनीतिक अास्थाका  अाधारमा पक्राउ गरिएको भन्दै रिहा गर्न अादेश दिएको हो ।

साउद रिहा पछि अनेमसंघ क्रान्तिकारीकी सेती महाकाली क्षेत्रीय समन्वय समिति संयोजक पूर्णिमा धामीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ,’ हाम्रो संगठन अनेमसंघ क्रान्तिकारी कि कैलाली जिल्ला अध्यक्ष मित्र मिना साउदलाई हार्दिक बधाई तथा धन्यवाद ब्यक्त गर्दछुँ । दलाल सरकारले देश र जनताको पक्षमा अावाज उठाउने हाम्रो संगठनका केन्द्रीय अध्यक्ष बन्धु चन्द लगाएत दर्जनाै नेता कार्यकर्तालाई बन्दी बनाएको छ र साेहि सिलसिलामा मित्र मिनालाई पनि कैलाली, बर्दिया र बाँके हुदै काठमाडौंबाट सर्वाेच्चकाे अादेशले रिहाइ गरेको छ ।’

संयोजक धामीले जेल र हिरासतमा अाफ्नाे बैचारिक दृढतालाई कायम राख्दै कानुनी प्रक्रियाबाट रिहाइ हुनु भएकोमा साउदलाई बधाई तथा स्वागत गर्नुभएको छ ।