अनखबर काठमाडौं, १६ पौष । सांसद अनिता देवकोटाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई कमजोर ठान्ने गल्ती नगर्न सरकारलाई सुझाव दिनुभएको छ ।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद देवकोटाले विप्लव नेकपालाई अागोको  झिल्को को रूपमा वार्तामा ल्याएर सामाधान गर्न आग्रह गर्नुभएको    हो  ।

‘भूमिगत अवस्थामा विद्रोह गरिरहेको विप्लव नेकपालाई सानो झिल्का नठानियोस्, नत्र देशमा डढेलो लाग्न सक्छ’, उहाँले भन्नुभयो, ‘विद्रोहमा रहेको  विप्लव नेकपालाई सानो झिल्को नठानी वार्तामा ल्याइयोस र समाधान गरियोस ।’

सांसद देवकोटाले सरकारको नेतृत्वमा रहेकाहरु र विप्लव  कुनै बेला एकै ठाउँमा रहेकाले समस्या समाधानमा अफ्ठेरो नहुने उल्लेख गर्नुभयो ।

‘अहिले सरकारको नेतृत्व गर्ने र विप्लव नेकपा सजातीय भएकाले एकलाई अर्काको कमजोरी थाहा छ’, उहाँले भन्नुभयो, ‘दैलेखका गाउँपालिका अध्यक्षलाई १८ घण्टापछि कालिकोटबाट मुक्त गराइयो । एनसेलका टावर जलिरहेका छन्, यसले राम्रो संकेत गर्दैन ।’

सांसद देवकोटाले विप्लव नेकपालाई वार्तामा ल्याइ यो समस्या समाधान गर्न नसकेमा देशमा अर्को द्वन्द्व चकिर्नेतर्फ सरकारलाई सचेत गराउनुभयो ।