अनखबर
अर्घाखाँची, १७ पौष । विप्लव निकट अनेरास्ववियु क्रान्तिकारी अर्घाखाँचीले विना अाफ्ना सदस्य अयान बहादुर वि.क.लाई रिहा गर्न माग गरेको छ ।
विना कारण प्रहरीले वि.क.लाई पक्राउ गरेको भन्दै रिहा नगरे प्रतिरोध गर्ने चेतावनी दिइएको छ । संगठनका जिल्ला अध्यक्ष नविन खड्काले एक प्रेस विज्ञप्ती जारी गदै आफ्ना कार्यकर्ता अयान विकलाई यथाशिघ्र रिहा गर्न माग गदै राज्यले सविधान र कानुनको अपहेलना गदै धडपकड गरिरहे कडा मुल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ ।
वि.क. पहिले संगठनको सचिव भएपनि अहिले साधारण सदस्य मात्रै रहेको क्रान्तिकारी अर्घाखाँचीले जनाएको छ । वि.क.लाई १४ गते सन्धिखर्क प्रहरीले गिरफ्तार गरेको थियो ।