अनखबर
काठमाडौं, १७ पौष । आन्दोलनरत उखु किसानहरुले माघ ७ गतेभित्र भुक्तानी दिन सरकारलाई समयसिमा दिएका छन् ।
किसानहरुले आगामी माघ पहिलो साताभित्र सम्पूर्ण बाँकी रकम भुक्तानी गराईदिन बिहीबार सरकारलाई समयसीमा तोकेका हुन् । सरकारले बुधबार उखु किसानहरुसँग माघ पहिलो साताभित्र सम्पूर्ण रकम भुक्तानी गर्ने मौखिक प्रतिबद्धता जनाएको थियो ।
किसानले भने पुस २५ गतेभित्र ८० प्रतिशत र माघ पहिलो साताभित्र बाँकी २० प्रतिशत रकम भुक्तानी दिने सरकारको प्रतिबद्धता लिखित रुपमा आउनुपर्ने माग गरेका थिए ।
यसअघि सरकार र किसान पक्षबीच बारम्बार सम्झौता भए पनि कार्यान्वयनमा नआएको भन्दै लिखित प्रतिबद्धता आउनुपर्ने किसानको माग छ । आफूहरुले दिएको समयसीमाभित्र भुक्तानी नपाए देशव्यापी आन्दोलन गर्ने किसान हरिश्याम रायले चेतावनी दिनुभएको छ।