दाङ, १७ पौष । दाङमा धरौटी तिरेर रिहा भएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ४ नेतालाई प्रहरीले पुन: गिरफ्तार गरेर कपिलवस्तु लगेको छ ।
दाङ-देउखुरी जिल्ला अदालतले पक्राउ परेका ने.क.पा.का मध्यपश्चिम कमाण्ड ईन्चार्ज सहित २१ जनालाई १५-१५ धरौटीमा रिहा गर्न अादेश दिएको थियो । तर सबैले धरौटी नतिरेर पुस ७ गते कारागार गएका थिए ।
आदेश अनुसार ४ जनाले धरौटी तिरेर बुधबार रिहा हुनखोज्दा प्रहरीले फेरी गिरफ्तार गरेको थियो । तिलक पुन , महान बोहरा, एकराज चौधरी र कुलबहादुर वलीलाई पक्राउ गरेर कपिलवस्तु पुराएको हो ।
४ जना नेतालाई नै अदालतमा धरौटी तिरी हस्ताक्षरसम्म गर्न नदिई अदालतभित्रबाट प्रकाउपुर्जी जारी नगरेरै प्रहरीले गिरफ्तार गरेको थियो । परिवारलाई समेत जानकारी नगराएपछि आफन्त जनले राष्ट्रिय मानव अधिकार आयोगलाई खोजीदिन अाग्रह गरेका थिए । आयोगको कार्यालय नेपालगन्जले पक्राउ परेका ४ जनालाई नै कपिलवस्तु लगिएकाले अवस्था बुझ्न बुटवल कार्यालयलाई भनेको श्राेतले जनाएको छ ।