काठमाडौं, १७ पौष । विप्लव नेतृत्वको ने.क.पा.निकट नेपाली जनप्रगतिशिल मोर्चा साउदीले साउदी अरबमा बिभिन्न समस्यामा परेका ६३ जना महिला मजदुरको समस्या समाधान गरेको छ ।

१४/१५ महिना पहिले नेपालबाट गुड सर्भिस ईन्टरनेशनल प्रा.लिबाट ६३ जना महिला मजदुर साउदी अरब स्थित ‘Scientitic And Medical Equipment House’ मा कामका लागि पुगेका थिए । तर, नेपालमा भएको सम्झौता अनुसार सेवा नपाएपछि उनीहरुले समस्या समाधानका लागि मोर्चालाई निवेदन दिएका थिए ।
निवेदन अनुसार नेपाली जनप्रगतिशिल मोर्चाका क्षेत्रीय इन्चार्ज कैलाश मैनाली र मोर्चाका सल्लाहकार तिर्थ पाख्रिन सक्रियतामा महिला मजदुरको समस्या समाधान भएको हो ।
मोर्चाले साउदी स्थित नेपाली दुतावास र नेपालस्थित म्यानपावर कम्पनीसँग समन्वयगरी पाँचमहिनाभित्र समस्या समाधान गरिएको मोर्चाले जनाएको छ ।
मोर्चाको पहलमा तीन महिलालाई क्षतिपूर्तिसहित नेपाल फर्काइएको छ भने ४४ जना महिला मजदुरलाई नेपालबाट तोकिएको सेवा सुविधासहित काम सुरू गरेका छन् । ईन्चार्ज मैनालीले नेपाल जाने महिलाहरु स्वेच्छिक रूपमा नेपाल फर्कनु चाहेको र अन्यले सम्झौता अनुसार सेवा सुविधा लिएर कास थालेको जानकारी दिनुभयो ।

सल्लाहकार पाख्रिनले मजदुरको समस्या समाधानका लागि साथ दिने नेपाली दुतावासका जेद्दाका श्रमसहचारी राजु कुँवर लगायतलाई धन्यवाद दिनुभएको छ ।