दाङ, १७ पौष । धरौटीमा रिहा भएर पनि प्रहरीले पुनः गिरफ्तार गरेपछि नेपाल कम्युनिष्ट पार्टीका नेताका अाफन्तले दाङका प्रहरी प्रमुख जनकप्रसाद भट्टराई र जिल्ला प्रहरी कार्यालय दाङ बिरुद्ध अदालतको मानहानी मुद्दा हालेका छन् ।

धरौटी खुलेका पक्षलाई अदालत परिसर भित्रबाटै पक्राउ गरेर अदालतको मानहानी गरेको भन्दै आफन्तले मुद्दा दायर गरका हुन् ।
बुधबार धरौटी तिरेर रिहा भएका नेपाल कम्युनिष्ट पार्टीका ४ नेतालाई प्रहरीले अदालत परिसरबाटै पुन: गिरफ्तार गरेको थियो ।
दाङ-देउखुरी जिल्ला अदालतले पक्राउ परेका ने.क.पा.का मध्यपश्चिम कमाण्ड ईन्चार्ज सहित २१ जनालाई १५-१५ धरौटीमा रिहा गर्न अादेश दिएको थियो । तर सबैले धरौटी नतिरेर पुस ७ गते कारागार गएका थिए ।
आदेश अनुसार तिलक पुन , महान बोहरा, एकराज चौधरी र कुलबहादुर वलीले धरौटी तिरेर रिहा भएपछि प्रहरीले अदालतभित्रबाट प्रकाउपुर्जी जारी नगरेरै गिरफ्तार गरेको थियो ।
धरौटी बुझाएर भर्पाइ गर्ने क्रममा मुद्दा दर्ता कक्षबाट प्रहरीले लछारपछार गर्दै अमानवीय तवरले अदालतको कार्य सम्पादनमा समेत अवरोध पुराउने गरि पुन: पक्राउ गरिएले अदालतको अपहेलना गर्नेमाथि हदै सम्मको सजाय माग निवेदनमा गरिएको छ ।