काभ्रे, १८ पौष । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काभ्रेको साविक महादेव स्थान-९ मा रहेको ९५० रोपनी जग्गा जवर्जस्ती सरकारीकरण गरिएको भन्दै कब्जाको घोषणा गरेको छ ।

विगतमा दनुवार समुदायका बिभिन्न व्यक्तिको नाममा रहेको र पुर्जाको प्रमाण पत्र रहेको जग्गा, खोलाको बगरको बाहनामा जग्गा सरकारीकरण गरिएको भन्दै जग्गा कब्जा गरिएको ने.क.पा.काभ्रेले जनाएको हो ।

ने.क.पा. काभ्रेले ‘कित्ता नम्बर ९१६,९१७ र १२५० जग्गा बिगतमा दनुवार समुदायको विभिन्न व्यक्तिहरुको नाममा रहेको यथस्थ प्रमाण रहेको तर ३०३१ सालमा सर्भे नापी हुँदाको बखत अावश्यक जानकारी र सुझबुझको अभावमा दर्ता गर्दा हुन गएको कमजोरी सच्याउनुको सट्टा व्यक्ति र सरकारको नाममा दोहोरो श्रेस्ता कायम गराई अन्तमा जबर्जस्ती दनुवार समुदायलाई उठिबास गराइएको’ भनेको छ ।

ने.क.पा.ले निकालेको अपिलमा खोसिएको जग्गा फिर्ता गर्नुपर्ने, तत्कालीन प्रमुख जिल्ला अधिकारी, नापी र मालपोत अधिकृत र भूमाफियालाई कारबाही गर्नुपर्ने माग गरेको छ । कब्जा गरिएको ठाउँमा गिट्टी बालुवा निकाल्न बन्द गर्न पनि चेतावनी ने.क.पा.काभ्रेले दिएको छ ।